शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रको बैठक सकियो, के के भयो बैठकमा ?

माओवादी केन्द्रको बैठक सकियो, के के भयो बैठकमा ?

काठमाडौं
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ । भोलि पुनः ११ बजे बस्ने गरी सकिएको जनाइएको छ । आजको बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन् ।

यस्तै अर्को प्रस्तावित कार्यसूचीअनुसार प्रदेश समितिका अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको छ । आज बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिम्खडाले आफ्नो प्रदेशका रिपोर्टहरू प्रस्तुत गरेका छन् ।

भोलिको बैठकमा अन्य प्रदेशहरूको रिपोर्ट प्रस्तुत गरिने जनाइएको छ ।