शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। कान्तिपथस्थित होटल यल्लो​ प्यागोडामा बिहान ८ बजेदेखि बैठक जारी छ। बैठकमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतका नेताहरु उपस्थित छन्।

पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा बैठकमा छलफल जारी भएको नेताहरुले बताएका छन्। बैठकका एजेण्डाहरुको बारेमा पूर्ण जानकारी भने गराइएको छैन्।

सत्ता गठबन्धनभित्र प्रदेशका सरकारहरु हेरफेर र आगामी निर्वाचनबारे उठेका विषयहरुमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्न नेताहरु जम्मा भएको एक नेताले जानकारी दिए।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई सरकार छाड्न सत्तारुढ दलबाटै दबाब बढेपछि आगामी रणनीति तय गर्नेगरी नेताहरु छलफलमा जुटेका हुन्।