बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

हुन्डी कारोबारीलाई करिब साढे ८ करोडको मुद्धा

हुन्डी कारोबारीलाई करिब साढे ८ करोडको मुद्धा

काठमाडौं
हुन्डी कारोबारीको आरोप लगाउँदै राजस्व अनुसन्धान विभागले एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड रुपैयाँ बिगो माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पर्वतको कुस्मा स्थायी घर भई काठमाडौं महानगरपालिका२२ सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो माग गरिएको छ ।

विभागका अनुसार पौडेलले विदेशमा आर्जन गरेको पैसा नेपाल नभित्र्याई दिनुपर्ने मान्छेलाई नेपालबाटै दिएको भन्दै विदेशी विनिमय अपचलनको आरोप लगाइएको छ ।