शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज

सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज

operation kathmandu

काठमाडौं
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ ।

चुनावमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनसकेको छैन । गएको २३ गते बसेको कार्यदलको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

कांग्रेसका नेता कृष्ण सिटौला प्रमुख रहेको कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित यो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाँटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन् ।