शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ

operation kathmandu

काठमाडौं
परराष्ट्रमन्त्री डा नारायण खड्काले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताएका छन् ।

चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका उनले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास बताएका हुन् ।

‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु’ उनले स्वदेश फर्केपछि जारी गरेको प्रेसनोटमा भनेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएका परराष्ट्रमन्त्री खड्काले बताए ।

परराष्ट्रमन्त्री खड्काले चीनसँग प्रतिनिधिमण्डलस्तरको वार्तामा द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताएका छन् ।

साउन २४ गते चीन भ्रमणमा गएका खड्का दुई दिनपछि बिहीबार स्वदेश फर्किएका हुन् ।