शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सिट बाँडफाँटको टुङ्गो चाँडै

सिट बाँडफाँटको टुङ्गो चाँडै

operation kathmandu

काठमाडौं
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका लागि कामलाई व्यवस्थित रूपले अघि बढाएको जनाएको छ । आज सोमवार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा विसं २०७४ सालको चुनावमा प्राप्त मत, समानुपातिक मत र २०७९ मा पालिका चुनावमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए। उनले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा चुनावमा प्रतिस्पर्धा नगरेकाले त्यसलाई विशिष्ट रूपमा राख्दै मापदण्ड तय गर्ने बताए । सिट बाँडफाँटको टुङ्गो सकेसम्म आउँदो बुधवारसम्म सक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुङ्गोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनसाय रहेको बताए ।