शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

बालेनलाई असफल बनाउने काम भयो

बालेनलाई असफल बनाउने काम भयो

operation kathmandu

काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् थापाले यस्तो बताएका हुन्।

फोहोर व्यवस्थापन ठूलो चुनौती रहेको र त्यसको समाधान बालेनले एक वर्षभित्र खोज्ने थापाको भनाइ छ।

थापाले ट्विटरमा लेखेका छन्,’काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो। त्यसवारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ। त्यतिञ्जेल विगतमा झैँ सबैले हरसम्भव सहयोग गर्नुपर्छ।फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

गत आइतबार मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनमा राजनीतिक खेल खेलेको टिप्पणी गरेका थिए।

‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौंरु फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।