शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको बैठक बस्दै

operation kathmandu

काठमाडौं
सत्ता गठबन्धनमध्येको एक दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका सर्तहरुबारे छलफल हुने एक नेताले बताए। आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो। सो बैठकले बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिह्न दिएर चुनावमा जान दिने निर्णय गरेको थियो।