बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

खोलाबाट पानी तानेर सिधै जारमा भरी बजारमा

खोलाबाट पानी तानेर सिधै जारमा भरी बजारमा

operation kathmandu

ललितपुर
ललितपुरको गोदावरी क्षेत्रमा सञ्चालित विभिन्न मिनेरल वाटर उत्पादन कम्पनीले फोहोर पानी विक्री वितरण गरिरहेको पाईएको छ । गोदावरी नगरपालिका–४ वडीखेलमा रहेको के एम मिनिरल वाटर एण्ड वेभेरेज प्रालि, गोदावरी मिनेरल वाटर प्रोडक्टले यस्तो चरम लापरबाही गरीरहेको खुलेको हो ।

उनीहरुले उत्पादन गरी विक्री वितरण गरेको पानीमा मानवको दिसामा मात्रै पाइने कोलिफर्म जस्तो जिवाणु भेट्टिएपछि कम्पनीको मनपरी सतहमा आएको हो । एक साता अघि विशेषज्ञ सहित नगरपालिकाको एक टोलीले गरेको अनुगमनमा ती कम्पनीबा उत्पादित जारको पानी पिउन अयोग्य रहेको निष्कर्श निकालेको थियो । उक्त कम्पनीले उत्पादन गरेको जारको पानीमा कोलिफर्म भेटिएको उक्त टोलीका एक सदस्यले बताए ।

अनुगमनपछि ल्याब टेस्टमा के एम वेभेरेज कम्पनीको उत्पादित पानीमा कोलिफर्म भेट्टिएको, उक्त कम्पनीले घट्टेकुलो (कोड्कु) खोलामा ३ इन्चको पाइप लाईन बिछ्याएर पानी तानेर विना प्रशोधन सिधै जारमा हालेर बजारमा विक्री वितरण गरेको तथ्य समेत अनुगमनले फेला पारेको थियो ।

गोदावरी मिनेरलबाट उत्पादित क्लिन गोदावरी ब्राण्ड नामको जारमा लेभल नै नलगई विक्री वितरण गरेको पाईएको छ । उनले पनि ग्वालिन दह कुण्डबाट पानी ल्याई प्रशोधन विनै सिधै बजारमा विक्री वितरण गरेको पाईएको छ । यसरी लापरबाही गरेका कम्पनीले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गुणस्तरहिन पानी प्याकिङ गरेर बजारमा पठाउँदै मानव स्वास्थ्य प्रति गम्भिर खेलबाड गरीरहेको अनुगमन टोलीको निष्कर्श रहेको छ । यी दुई कम्पनी जस्तै अन्य सात कम्पनीले पनि यस्तै गरी पानी उत्पादन गर्दै बजारसम्म पठाईरहेको छ ।