शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पाँच दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि हुँदैन

पाँच दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि हुँदैन

operation kathmandu

काठमाडौं
नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारमा बसेर ५ दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गरे ।

‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ । कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ’, उनले भने ।

उनले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपालीलाई नागरिकता दिनुपर्ने बताए । सांसद रावलले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षको समायावधि राख्नुपर्ने बताए ।

‘नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत हुन्छ ? यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो’, उनले भने, ‘वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ नेपालको राष्ट्रिय हितमा छैन र ? नागरिकताजस्तो संवेदनशील विषयमा सांसदहरूले संशोधन हाल्दा र राष्ट्रपतिले पुनर्विचारका लागि पठाउँदा समितिमा छलफल गर्न पनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता ?’