बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

खोलामा टाउको नभएको शव फेला

खोलामा टाउको नभएको शव फेला

operation kathmandu

बागलुङ
बागलुङको निसीखोलामा टाउको नभएको शव फेला परेको छ। निसीखोला गाउँपालिका४ झिवाखोला बजारनजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो।

शुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन् भन्ने पुष्टि भएको हो। उनको टाउको भने भेटिएको छैन। स्थानीयले बिहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए।