शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रतिनिधिसभाले तुजुक देखायो

प्रतिनिधिसभाले तुजुक देखायो

operation kathmandu

काठमाडौं
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःविचारका लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिक्का टिप्पणी सुरु भएको छ।

आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको हो। सत्ता पक्षका १३५ जना सांसदले मतदान गरेपछि विधेयक पारित भएको छ।

संसदले राष्ट्रपतिले दिएका सुझावमाथि कुनै छलफल नै नगरी विधेयक पारित गरेपछि पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले तुजुक देखाएको टिप्पणी गरेका छन्।

उनले संसदले राष्ट्रपतिको सुझावलाई मनन गर्नैपर्ने जिकिर गरेका छन्। त्यसो हुँदा लोकतान्त्रिक संस्कारको विकासमा निराशा बढेको टिप्पणी उनको छ।

‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइ दिएपछि पर्याप्त वा उचित समय दिएर खुल्ला मनले बुँदाबुँदाउपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो’, ढुंगानाले अगाडि भनेका छन्, ‘प्रतिनिधि सभाले त्यसो गरेको देखिएन। तुजुकजस्तो भयो। लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो।’