शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस नेता गिरिको आज अन्त्येष्टि गरिँदै

कांग्रेस नेता गिरिको आज अन्त्येष्टि गरिँदै

operation kathmandu

काठमाडौं
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिने भएको छ। अन्त्येष्टि पूर्व उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। शनिबार राति ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारकै क्रममा गिरिको निधन भएको हो।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राखिने जानकारी दिइएको छ।

त्यसपछि पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।