मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज शुक्रवार स्थगित भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिविरुद्ध बिहीवार गरिएको दायर रिटको पेसी न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । शुक्रवार समय अभावका कारण उक्त सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको सुनुवाइ असोज ९ गते आइतवारका हुने उनले बताए ।