शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रचण्ड सरे नयाँ घरमा

प्रचण्ड सरे नयाँ घरमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्।

प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।