मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिकेटर सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी, के हो डिफ्युजन नोटिस ?

क्रिकेटर सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी, के हो डिफ्युजन नोटिस ?

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

केही समयअघि बलात्कारको आरोप लागेका सन्दीप सम्पर्कमा नआए पछि उनलाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।

एक १७ वर्षीय किशोरीले आफूमाथि पटक पटक करणी गरेको भन्दै केही दिन अघि पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिएकी थिईन्।

के हो डिफ्युजन नोटिस ?

सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको छ । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।

अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि भने रेड नोटिस जारी हुन्छ । डिफ्युजन नोटिस खोजीका लागि हो भने पक्राउ गर्न रेड नोटिस जारी गर्नुपर्छ ।

डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न थाल्नेछ ।