शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेको सचिवालय बैठक बालकोटमा

एमालेको सचिवालय बैठक बालकोटमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ । गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए । प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।