शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

बालकोटमा एमाले सचिवालय बैठक शुरु

बालकोटमा एमाले सचिवालय बैठक शुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिए पनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइको थियो । एक घण्टा सारेर ४ बजेका तय गरिएपनि भर्खर मात्र शुरु भएको हो । पार्टी प्रवेशलगायतका कारण बैठक बस्न ढिलाइ भएको बताइएको छ ।