बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

अवैध सम्वन्ध लुकाउन नवजात शिशुको हत्या

अवैध सम्वन्ध लुकाउन नवजात शिशुको हत्या

काठमाडौं । एक जोडिले आफ्ना अवैध सम्वन्ध लुकाउन नवजात शिशुको हत्या गरेको खुलेको छ । नवजात शिशुको हत्यामा संलग्न दमक–५ का ४० वर्षीय दिलिप तामाङ र मोरङको मिक्लाजुङ–९ घर भई दमकमा डेरा गरी बस्ने २१ वर्षीया बबिता राईलाई प्रहरीले पक्राउ गरेको छ।

असोज ३ गते स्थानीय हिमालय गुडरिक चिया बगानको पश्चिमपट्टि झाडीमा झोलामा ब्ल्यांकेटले बेरेर राखिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो। सो विषयमा अनुशन्धान गर्दै जाँदा तामाङ राई पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

विवाहित तामाङ र अविवाहित राईबीच अवैध सम्बन्ध रहेको र उनीहरुबीचको शारीरिक सम्पर्कबाट शिशुको जन्म भएपछि समाजमा इज्जत जोगाउन हत्या गरी फालेको अनुसन्धानबाट खुलेको दमक प्रहरीका प्रमुख दिलिप गिरीले जानकारी दिए।

घटनापछि अनुसन्धानका क्रममा उनीहरु दोषी पाइएकाले पक्राउ गरि सोधपुछ गर्दा शिशुलाई मारेर फ्यालेको उनीहरु स्वयमले पनि स्वीकार गरेको गिरीले बताए ।