मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिकेटर सन्दीपले २० गते नेपाल आउने

क्रिकेटर सन्दीपले २० गते नेपाल आउने

काठमाडौं
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आउने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कानुनी लडाइ लड्न आफू २० असोजमा नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

उनले आफू निर्दोष रहेको बताउँदै लेखेका छन्, ‘म मेरो देश अक्टोबर ६ तारिखमा आउँदैछु । कानुनी रूपमा लडाइ लड्न म तयार छु ।’

सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले प्रहरी वृत्त गौशलामा बलात्कारको उजुरी दिएकी थिइन् । सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको उनले दर्ता गरेको जाहेरीमा उल्लेख छ ।

बलात्कार आरोपपछि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित सन्दीप सम्पर्कविहीन छन् । उनले बेला बेला सामाजिक सञ्जालमार्फत आफूलाई लागेको आरोपको खण्डन भने गरिरहेका छन् ।