बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुनको सिक्री लुटेर भाग्दै गरेका एक बालक पक्राउ

सुनको सिक्री लुटेर भाग्दै गरेका एक बालक पक्राउ

काठमाडौं । दाङको तुलसीपुर बसपार्कमा आज बिहान सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक बालक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा वीरगञ्जका ११ वर्षीय सन्दीप राय पक्राउ परेका हुन् ।

सन्दीपलाई स्थानीयले घेरा हालेर पक्राउ गरी प्रहरीकोमा बुझाएका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।