बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

२३ वर्षीय युवकले आफ्नै आमा र काकालाई खुकुरीले छप्काए

२३ वर्षीय युवकले आफ्नै आमा र काकालाई खुकुरीले छप्काए

काठमाडौं । झापाको कमलमा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकालाई हत्या गरेका छन् । कमल गाउँपालिका २ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

उनीहरूको हत्या २३ वर्षीय चन्द्रबहादुर माझीले गरेका हुन्। चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

घटना भएलगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको एसपी पोखरेलले बताए। पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।