बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

डेरामै ११ वर्षीया बालिका बलात्कृत

डेरामै ११ वर्षीया बालिका बलात्कृत

काठमाडौं । डेरामै गएर एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । गए राति भक्तपुर सुर्यबिनायक-२ बालकोटस्थितबाट नुवाकोटका रामबहादुर सुनारलाई पक्राउ गरिएको हो ।

आफ्ना अभिभावकसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई ललाईफकाई करणी गरेको आरोप सुनारमाथि लगाइएको छ । सुनार बालिकाकै डेरामा गएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।