शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ओलीलाई रावलले सोधे, ‘संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?’

ओलीलाई रावलले सोधे, ‘संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?’

काठमाडौं । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले प्रश्न गरेका हुन् ।

अध्यक्ष ओलीले प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै मंगलबार रावलले सोधेका छन्, प्रभु साहको विद्रोहबारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्पुलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’