शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

शेरबहादुरजीसँग म मिलिसकेँ, तपाईँहरू पनि तुष त्याग्नूसः शेखर कोइराला

शेरबहादुरजीसँग म मिलिसकेँ, तपाईँहरू पनि तुष त्याग्नूसः शेखर कोइराला

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् । मोरङको सुन्दरहरैँचामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई कुनै तुष नराख्न आग्रह गरेका हुन् ।

उनले भने, ‘शेरबहादुरजी र मेरो प्रतिस्पर्धा लडाइँ थियो । तर, हामी एकै ठाउँमा उभिएका छौँ । त्यसैले स्थानीय निर्वाचनमा के भयो, अधिवेशनमा के भयो भनेर नलाग्नुस् । सबैले तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ ।’

उनले पार्टीभित्र कुनै गुट नबनाएको समेत बताए । पार्टी सभापतिले आफूले भनेको सबै कुरामा मानिरहेकाले पार्टीभित्र लडाइँ गरिराख्न नहुने उनको भनाइ छ । पार्टीभित्र लडेर कसैले केही नपाउने भएकाले एकजुट भएर लाग्न आग्रह समेत गरे ।