बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

गुण्डा नाइके राधेले अपराधकर्म छाडेनन्, बीच बजारमा तरवार हान्दै हिँड्दा पक्राउ

गुण्डा नाइके राधेले अपराधकर्म छाडेनन्, बीच बजारमा तरवार हान्दै हिँड्दा पक्राउ

काठमाडौं । तरवार प्रहार गरेको आरोपमा धादिङका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।

नीलकण्ठ नगरपालिकास्थित धादिङबेँसी बजारमा भीम गुरुङमाथि तरवारले हमला गरेको आरोपमा राधेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तरवार आक्रमणबाट घाइते भएका गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका राधे गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका थिए । घाइते गुरुङ पनि कांग्रेस समर्थक हुन् ।