शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पम्फा भुषालविरुद्ध उजुरी, कारवाहीको माग

पम्फा भुषालविरुद्ध उजुरी, कारवाहीको माग

काठमाडौं । प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेद्वार रहेकी माओवादी नेत्री पम्फा भुसालविरुद्ध उजुरी परेको छ । चुनाव प्रचारप्रसारमा आचारसंहिता उल्लंघन गरेको पाइएपछि कारवाहीको माग राखेर निर्वाचन आयोगमा उजुरी परेको हो।

आदिवासी जनजाति स्वतन्त्र महिला समूहको नाममा ललितपुर महानगरपालिका वडा नं १४ स्थित थसीखेल, नखिपोट र विशाल चोक आसपासका क्षेत्रमा पर्खाल, बिजुलीका पोलमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार पम्फा भुसाललाई अत्यधिक मतले विजयी गराउ भनि पोष्टर टासिँएको पाइएपछि नेकपा एमाले ललितपुर क्षेत्र नम्र ३ निर्वाचन परिचालन कमिटिले उजुरी दिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा दिइएको उजुरीमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा १, २ र ३ विपरित कार्य गरेको हुँदा कारवाहीको माग गरिएको छ । उक्त पोष्टरमा माओवादी केन्द्रको छाप समेत देखिएको भन्दै उजुरीमा तत्काल पोष्टर जफत गर्न र हटाउन माग गरिएको छ । यस्तै, निर्वाचन आचारसंहिता विपरित कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ (७) अनुसार हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

यसअघि गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, किसान श्रेष्ठ, सोही पार्टीका नेता एवं मन्त्री मेटमणी चौधरी लगायतले आचारसंहिता उलंघन गरेको जनाउदै आयोगमा उजुरी परेको थियो । सो पार्टीका नेताले विदेश पठाउन फ्रि टिकट र प्रि भीसा उपलब्ध गराउने बताएका थिए ।