शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

मतदातालाई प्रलोभनमा पार्ने काम नहोस्ः प्रमुख आयुक्त थपलिया

मतदातालाई प्रलोभनमा पार्ने काम नहोस्ः प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । सोमबार तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

‘चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेवार र सबै मतदाताहरुमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावले राष्ट्रको जीवनमा सुशासन, समृद्धि र विकासको स्पष्ट मार्ग चित्र कोर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचन निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताएका छन् ।