शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

अमूर्त सम्पदाहरुको सुचिकरण गराउँछुः उम्मेदवार अमृत खड्का

अमूर्त सम्पदाहरुको सुचिकरण गराउँछुः उम्मेदवार अमृत खड्का

काठमाडौं । ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले नेपालका अमूर्त साँस्कृतिक सम्पदाहरुको सुचिकरण गरिने बताएका छन् । देशको कला संस्कृतिको जगेर्ना गर्न उनले सो को संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताएका हुन् ।
नेपालको मूर्त सम्पदालाई मात्रै युनेस्कोले सूचीकरण गरेको छ । यहाँको अमूर्त सम्पदाहरु छायाँमा पर्दा संस्कार र संस्कृति हराउन सक्ने भएको बताउदै अमुर्त सम्पदा सुचिकरण हुन जरुरी रहेको खड्काले सुनाए ।

उनले भने, “हाम्रो देशका अमूर्त सम्पदालाई विश्व सामु पु¥याउन सक्याँै भने विदेशी पर्यटकहरु यसमा आकर्षित भई देशको अर्थतन्त्र बढ्नेछ ।” रातो मच्छिन्द्रनाथ जात्रा, कार्तिक नाच, विभिन्न ठाउँका बाह् वर्षे मेला, हरिसिद्धि जात्रा, खोकनाको सिकाली जात्राको प्रचार प्रसारमा कुनै कमी नहुने खड्काले जानकारी गराए ।
अमूर्त साँस्कृतिक सम्पदाहरुमा पुर्खाहरुबाट परम्परागत रुपमा प्राप्त गरी हाम्रा सन्ततिहरुमा हस्तान्तरण हुँदै आएका परम्परा एवं जीवन्त अभिव्यक्तिहरु, जस्तैः मौखिक परम्परा, प्रस्तुति कला, सामाजिक अभ्यास, रीति–रिवाज, चाडपर्व, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा अभ्यासहरु एवं परम्परागत शिल्पकला निर्माण गर्ने ज्ञान तथा सिपहरु पनि समावेश हुने भएकाले सो को जगेर्ना गर्नुपर्ने खड्काको भनाइ छ ।

“विभिन्न प्रकारका अमूर्त साँस्कृतिक सम्पदाहरुको सिकाइले अरुका लागि सम्मान र अन्तरसाँस्कृतिक सम्वादको प्रबद्र्धन हुन्छ त्यसैले यो अतिनै महत्वपूर्ण छ । अमूर्त साँस्कृतिक सम्पदाको बुझाइले अन्तरसाँस्कृतिक सम्वादमा पनि सहयोग पु¥्याउँछ र अरुको जीवन पद्धति प्रति आपसी सम्मान जगाउन अभिप्रेरित गर्दछ”, उनले थपे ।