बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नागर्जुनको जुवा खालबाट १८ जना पक्राउ

नागर्जुनको जुवा खालबाट १८ जना पक्राउ

काठमाडौं । काठमाडौंको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् । गयराति नागर्जुन नगरपालिका(७ स्वीजरल्याण्डपार्कनजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद भएको बताइएको छ । पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।