शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

७७ वटै जिल्लामा पुग्यो निर्वाचन सामग्री

७७ वटै जिल्लामा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सामग्री सबै जिल्लामा ढुवानी भइसकेको जानकारी दिएको छ।

डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भइसकेको आगोले जनाएको छ। बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम छ।

हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने छ।