मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिकेटर सन्दीप लामिछाने अदालतमा उपस्थित, बयान दिँदै

क्रिकेटर सन्दीप लामिछाने अदालतमा उपस्थित, बयान दिँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासमा परेको छ। न्यायाधीश घिमिरेको इजलासमा अहिले लामिछानेको बयान भइरहेको काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

बयान सकिएपछि आज मंगलबारबाटै थुनछेक बहस सुरु हुने बताइएको छ। सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन्।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको अभियोग लगाइएको छ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन्।