शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

तोसिमा कार्कीलाई राहत, उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

तोसिमा कार्कीलाई राहत, उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको सर्वोच्च अदालतको वेबसाइटमा जनाइएको छ ।