मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

महिला प्रहरीमाथि बलात्कार प्रयास गर्ने इन्सपेक्टर थुनामा

महिला प्रहरीमाथि बलात्कार प्रयास गर्ने इन्सपेक्टर थुनामा

काठमाडौं ।
जिल्ला अदालत धादिङले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर ढुंगानालाई मंगलबार अदालतले थुनामा पठाएको हो।

पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो। मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ।

उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलासले उनलाई थुनामा पठाएको हो।