शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ललितपुरमा पम्फा भुषाल कमजोर बन्दै, युवाको भोट अमृतको पक्षमा बढ्दै

ललितपुरमा पम्फा भुषाल कमजोर बन्दै, युवाको भोट अमृतको पक्षमा बढ्दै

चुनाव नजिक सयौंको संख्यामा एमाले प्रवेश
ललितपुर । पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ मा कमजोर देखिनुभएको छ । अघिल्लो निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार रहँदा झिनो मतान्तरले विजयी हुनुभएको भुषालको पछिल्लो अवस्था कमजोर बन्दै गएको छ । उहाको विकल्पमा युवा उम्मेदवारको लहर बढ्दै गएको छ ।

नेपाली काग्रेस, नेकपा एसको गठबन्धनका साझा उम्मेदवार भएपछि सत्ता साझेदार नेपाली काँग्रेसको ठूलो शक्ति उहाँको साथमा छैनन् । त्यसकारण पनि भुषाल ललितपुरमा निकै कमजोर देखिनुभएको छ ।

सो क्षेत्रका कांग्रेसका केन्द्रीय सदस्य नेता मदनबहादुर अमात्यले उम्मेदवार भुषालको बिरुद्धमा खुलेरै विरोध जनाउनुभएको छ । नेता अमात्यले सार्बजनिक गर्नुभएका एक भिडियोमा ‘म्याउ बादी भोट नदेउ’ भन्दै सामाजिक सञ्जालबाट अपिल गरेपछि अधिकांस नेपाली काग्रेसका कार्यकर्ताले भुषाललाई मत नदिने भएका छन् ।

उर्जा तथा जलस्रोतमन्त्री समेत रहनुभएका उम्मेदवार भुषालको मुख्य सहयोगको भुमिकामा रहनुभएका ललितपुरका परिचित माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यका प्रत्यासी सरोज डंगोल र महानगर कमिटिका अध्यक्ष एवं बाबुराज बज्रचार्यसहित केन्द्रका ठूलो समूह एमाले प्रवेश गरेसँगै उहाँ थप संकटमा पर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामको आधारमा ललितपुर–३ मा भुसालको दल तेस्रो दलको रुपमा चित्त बुझाउनु परेको छ । बाम–लोकतान्त्रिक समिकरण बनेपनि पहिलो भएको कांग्रेसको साथ नभएपछि उहाँ निराश हुनुभएको छ ।

यत्ति मात्रै होइन, उहाले पटकपटक निर्वाचित भए पनि मतदातालाई निराशामात्रै बनाएको आरोप कार्यकर्ता भित्रै छ । त्यसैले उहाको मुख्य प्रतिद्धन्दीको रुपमा स्थानिय लोकप्रिय नेता, सैंबु गाविसका पूर्व अध्यक्ष, युवा उद्यमी अमृत खड्का चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय नेताको साथ र सहयोग खोजेका क्षेत्र नम्बर ३ का मतदाताले पटक पटक जितेर पनि आश्वासन मात्र दिने नेतालाई भोट नदिने जनाएका छन् ।

त्यसैले माओवादी केन्द्रको अवस्था कमजोर बनेपछि सो पार्टीका दर्जनौ प्रभावशाली स्थानिय नेता, बुद्धिजिबी तथा कार्यकर्ताले भुषालको विकल्पमा खड्कालाई मतदान गर्ने मनस्थितिमा छन् । २०४५ सालदेखि राजनीतिमा होमिएका खड्का एमाले वागमति प्रदेश कमिटिका सदस्यको भुमिकामा छन् । आफ्नो क्षेत्रका स्थानीयसंग भिजेका खड्कालाई मतदान गर्न हतारिएका छन् ।

एमाले प्रतिको लहर बढेपछि नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा एसका दर्जनौ नेता एमालेमा प्रवेश गर्नुभएको छ । डंगोल र बज्राचार्यसँगै ललितपुर महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईं एमालेमा प्रवेश गरिसक्नुभएको छ ।

यसैगरी गत स्थानीय तहमा ललितपुर महानगर वडा नं २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य , माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी वडा कमिटी अध्यक्षहरु सहित ३० जना नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरु नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य रहेका छन् ।

नेकपा एसका रामसिंह महर्जन, माओवादी केन्द्रका वलराम महर्जन, हिराकाजी महर्जन, राजेन्द्र महर्जन एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यस्तै रविकुमार महर्जन, तुलसी महर्जन, शान्तिराम बैद्य, विकास महर्जन, धनगोविन्द महर्जन, डा प्रज्वन्त श्रेष्ठ, पवन श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बुद्धिदास श्रेष्ठ र जितेन्द्र महर्जन एमालेमा प्रवेश गर्नुभएको छ । त्यस्तै अनिल श्रेष्ठ,विकास श्रेष्ठ, विशान श्रेष्ठ, निरोज श्रेष्ठ र राजेश श्रेष्ठ लगायतका नेता एमालेमा प्रवेश गर्नुभएको छ ।

नेपाली काँग्रेस धापाखेलका विकाश श्रेष्ठ र देवकी महर्जन एमाले प्रवेश गर्नुभएको छ । नखिपोटका युवा वावुराम थापा, नेकपा एसका रत्नदास श्रेष्ठ, माओवादी केन्द्रका राजुदेव शाक्य, विक्रम खड्गी र महालक्ष्मी नगरपालिकाकी निरु श्रेष्ठ एमालेमा प्रवेश गर्नुभएको छ ।
एमालेमा प्रवेश गर्नेहरुमा मोनिक महर्जन, इन्द्रराम महर्जन, लक्ष्मण महर्जन, मंगलदास महर्जन, धनबहादुर महर्जन, प्रेमगोपाल महर्जन, पूर्ण महर्जन, धर्मगोविन्द महर्जन रहनुभएको छ ।

नेकपा एसका ललितपुर महानगरका न्हुच्छेमान महर्जन, सानुकाजी महर्जन, राम सिंह, जयराम श्रेष्ठ, किरण महर्जन, काजीरत्न महर्जन, रत्न महर्जन, अमृत महर्जन, सानुकाजी महर्जन, रविन महर्जन, रत्नदास श्रेष्ठ, रविन्द्र नेमकुल, विनोद श्रेष्ठ र महालक्ष्मी महानगर निवासी रुपेश केसीलगायत छन् । यस्ले गर्दापनि ललितपुर क्षेत्र नम्बर ३ मा एमालेको लहर बढ्दै गएको छ ।