शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ललितपुर ३ मा एमालेका अमृत अड्काको सुरुवाती अग्रता

ललितपुर ३ मा एमालेका अमृत अड्काको सुरुवाती अग्रता

ललितपुर । ललितपुर क्षेत्र नं.३ मा नेकपा एमालेका अमृत खड्काले सुरुवाती अग्रता लिएका छन् । अड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले पछ्याएकी छिन् ।

निर्वाचन कार्यालयले दिएको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका अमृत खड्काले ४ सय ९७ मत पाएका छन् । स्वतन्त्र पार्टीकी डा। काकीले २ सय ८६ मत पाएकी छिन् ।

गठबन्धनकी उम्मेदवार पम्फा भुसालले तेश्रो स्थानमा रहदै १ सय ९मत पाएकी छिन् । यहाँबाट हाम्रो नेपाली पार्टीको लौरो चिन्हबाट उठेका राजाराम तण्डुकारले १७ मत पाएका छन् । १ हजार मत गणना गर्दा निर्वाचन कार्यालयले प्रारम्भिक नजिता प्रकाशन गरेको हो ।