शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

डडेल्धुराबाट सातौं पटक निर्वाचित भए देउवा

डडेल्धुराबाट सातौं पटक निर्वाचित भए देउवा

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मत ल्याउँदै डडेल्धुराबाट सातौं पटक निर्वाचन भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत प्राप्त गरेका छन्। यस्तै‚ नेपाली कांग्रेस ९बीपी०का कर्ण मल्लले सात हजार ५३५ मत ल्याएका छन्। देउवाले यस क्षेत्रबाट २०४८ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचित भएका हुन्।