शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया–२ मा निर्वाचित

रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया–२ मा निर्वाचित

बर्दिया । बर्दिया क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।

यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए । लालबीर रेशम चौधरीका बाबु हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।