बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कटुवा पेस्तोल सहित ललितपुरबाट २ जना पक्राउ

कटुवा पेस्तोल सहित ललितपुरबाट २ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–२५ छेसिकोटबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बेथानचोक गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।

प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने खोजे पश्चात उनीहरूलाई बा ७८ प १२९० नम्बरको स्कुटर सहित पक्राउ गरी जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन १ थान, फलाम काट्ने मेसिन ३ थान, मार्बल काट्ने मेसिन १ थान, पुटिन घोट्ने मेसिन १ थान, ह्यामर, पिलास, फलामको छिना लगायतका सामान बरामद गरेको जनाईएको छ ।