मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

३१ बलात्कारको रहस्यमय घटनामा एकै व्यक्ति संलग्न

३१ बलात्कारको रहस्यमय घटनामा एकै व्यक्ति संलग्न

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएका रहस्यमय ३१ बलात्कारमा एकै व्यक्ति संलग्न भएको पाइएको छ । बीबीसीका अनुसार अस्ट्रेलियन प्रहरीले आरोपीको रुपमा प्रस्तुत गरेका ६६ वर्षीय केइथ स्मिथको गत फेब्रुअरीमा मृत्यु भएको थियो । सन् १९८५ देखि २००१ सम्म सिड्नीमा भएका ३१ बलात्कारका घटनाका आरोपी पत्ता लाग्न सकेको थिएन ।

सन् २००० को दशकमा अस्ट्रेलियन प्रहरीले गम्भिरतापूर्वक यी सबै घटनालाई जोडेर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीका अनुसार १२ जना पिडित महिलाबाट संकलित डीएनए स्मिथसँग मिलेको छ । अन्य १९ जना पीडित महिलासँग अपराध गर्ने शैली एकै भएकाले स्मिथको संलग्नता दावी गरिएको छ ।

प्रहरीले यसअघि यी ३१ वटै घटनामा छुट्टाछुट्टै अनुसन्धान गरेर विभिन्न व्यक्तिहरुलाई शंकाको दायरामा ल्याएको थियो। पिडित महिलाहरुले आफु घरभित्र रहेका बेला जबजर्स्ती प्रवेश गरेर वा जगिङ गरिरहेका बेला आक्रमण भएको बताएका थिए ।

उनीहरुका अनुसार आक्रमण गर्ने व्यक्ति अनुहार छोपेको तथा ट्रयाक सुट, हुडिजलगायत पहिरनमा रहेको पिडितको बयान रहेको थियो। यही कारण यो शृंखलाबद्ध बलात्कारका आरोपीलाई ‘बोन्डी रेपिस्ट’, ‘ट्रयाकसुट रेपिस्ट’ पनि भन्ने गरिएको थियो ।