शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले कटायो समानुपातिकतर्फ १८ लाख मत

एमालेले कटायो समानुपातिकतर्फ १८ लाख मत

काठमाडौं ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः ३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र) ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ ।