शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राप्रपाका दीपकसँग हारे गृहमन्त्री खाण

राप्रपाका दीपकसँग हारे गृहमन्त्री खाण

रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय व्यहोरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित भएका हुन् ।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।