शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि

कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि

 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।

 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ :३० बजेसम्म एमालेले २२ लाख ७९ हजार ८२२ मत प्राप्त गरेको छ । कांग्रेसले २१ लाख ७४ हजार ६०५ मत पाएर दोस्रो स्थानमा छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ५२ हजार ९७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार ९ सय ७२ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार ८सय ८५, जनता समाजवादी पार्टीले दुई लाख ७४ हजार ४२०, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार ७७५, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६६६ र जनमत पार्टीले २ लाख ९ हजार ८७१ मत प्राप्त गरेको छ ।