बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

लेलेको मन्दिरबाट २५ वटा मुकुटहरु चोरी, फुटेजमा देखियो चोर

लेलेको मन्दिरबाट २५ वटा मुकुटहरु चोरी, फुटेजमा देखियो चोर

ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको वालकुमारी जैलकुमारी मन्दिरको मुकुट चोरी भएको छ । मन्दिरको तेत्तिस कोटी देवताको मुकुटहरु चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिषरका प्रवक्ता प्रहरी उपरिक्षक सुधिरराज शाहीका अनुसार बुधबार रातको १ बजेतिर २५ वटा मुकुटहरु चोरी भएको हो ।

भगवानहरुको आकृती भएको तामाका मुकुटहरु थिए । चोरी गरिरहेको अवस्थाको सिसिटिभि फुटेज पनि फेला परेको छ । चोरको अनुहार प्रष्ट देखिएको दुई जना माथि शंकाको घेरामा राखिएको बताईएको छ ।