शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ अगाडि

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्। कांग्रेसका गुरुङलाई नेकपा एमालेकी उम्मेदवार पद्‌मा अर्यालले पछ्याइरहेकी छन्।

सत्ता गठबन्धनबाट कांग्रेसका गुरुङले २१ हजार ८४४ मत ल्याएका छन्। यस्तै, एमालेकी अर्यालले १९ हजार ५ मत ल्याएकी छन्। कांग्रेसका गुरुङ अर्यालभन्दा २ हजार ८३९ मतले अगाडि छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ७८८ मत ल्याएका छन्।