बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

किशोरी हत्या आरोपी सशस्त्रका जवान पक्राउ

किशोरी हत्या आरोपी सशस्त्रका जवान पक्राउ

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । उनले भने ‘उहाँ (कोली) महेन्द्रनगरबाट पक्राउ पर्नु भएको। बाँकी विवरण केहीबारेमा आउँछ ।’ कोली माथि बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या गरेर फरार भएको आरोप छ ।