शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैनः एमाले

महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैनः एमाले एमाले महाकाली नदी

काठमाडौं । नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ। महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको हो ।

महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताएका छन् ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारलाई आग्रह गरेका छन् ।