मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन हेडक्वाटरको सकुर्लर

चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन हेडक्वाटरको सकुर्लर Supreme court

काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । 

सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ । अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुङ्गो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाअभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ । बुधवार पत्र पाएका जबराले सर्वोच्चमा हाजिर हुने तयारी गरेका छन् ।