बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

चितुवाको छालासहित १ जना पक्राउ

चितुवाको छालासहित १ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका–८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–२ बस्ने ५० वर्षीय मदन बहादुर श्रेष्ठ रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।