बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुन पसलमा चोरी गर्दै गर्दा १ जना समातिए

सुन पसलमा चोरी गर्दै गर्दा १ जना समातिए

काठमाडौं । 
जनकपुर उपमहानगरपालिका–५ स्थित अंलंकार ज्वेलर्समा चोरी गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दासलाई प्रहरी बिहीबार दिउँसो पक्राउ गरेको हो । 

चोरी गर्दै गरेको अवस्थामा फेला पारी पसल संचालकले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट चाँदीको जस्तो देखिने सेतो धातुको ब्रासलेट १ थान, पाउजु १ जोर, सिक्री २ थान, नियन्त्रित लागूऔषध नाईट्राबेट ९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस १२ ट्याब्लेट, माईक्रो ल्याब्स ३ ट्याब्लेट  र कफि सेट १ थान फेला पारी बरामद गरेको छ ।